होटलले तीन सय डलरसम्म नगद सटही गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

होटलले तीन सय डलरसम्म नगद सटही गर्न पाउने



काठमाडौं।  होटलहरुले अब आफै ग्राहकलाई आवश्यक पर्दा अमेरिकी डलर साटिदिन सक्ने छन्। यसअघि होटलका ग्राहक मनी चेञ्जरकोमा गएर विदेशी मुद्रालाई नेपालीमा परिवर्तन गर्नु पर्थियो।
होटलका ग्राहकलाई सटहीमा समस्या भएको भन्दै होटल एसोसिएसनले सटही सुविधा माग गरेको थियो। उनीहरुको माग अनुसार राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा सटही सुविधा दिने ब्यवस्था गरेको थियो।
मौद्रिक नीतिमा भएको कार्यक्रमलाई कार्यान्वयन गर्न राष्ट्र बैकले निर्देशन जारी गर्दै होटलको एक बसाइमा एक पटक ३०० अमेरिकी डलर बराबरको सटही सुविधा दिन सकिने ब्यवस्था गरेको हो। सटही सुविधा दिएका होटलले यसको विवरण भने राष्ट्र बैंकमा बुझाउनु पर्छ। होटलका ग्राहक भनेर विदेशी वा नेपाली को हो भन्ने निर्देशनमा उल्लेख छैन।
साथै अब बाणिज्य बैंकहरुले आफूसँग भएको विदेशी मुद्रा विदेश स्थित बैंकमा लगानी गर्ने समय तीन बर्षले बढाइएको छ। यसअघि दुई बर्षसम्म लगानी गर्न पाइने ब्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले यसलाई पाँच बर्ष पुर्याएको हो। यस्तो लगानी पूर्त तरल सरकारी ऋणपत्रमा गर्नु पर्छ।

प्रकाशित : २७ श्रावण २०७४, शुक्रबार १३:४७