हुवावेको वाई फाइभ सी र वाई थ्री सी स्मार्टफोन बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हुवावेको वाई फाइभ सी र वाई थ्री सी स्मार्टफोन बजारमा



काठमाडौं । हुवावेले बजेट स्मार्टफोनहरु बजारमा ल्याएको छ । मोबाइल प्रयोगकर्ताहरुको माग र चाहनालाई ध्यानमा राखेर हुवावेले बजारमा वाई फाईभ सी, वाई थ्री सी स्मार्टफोन ल्याएको छ ।

बजेट मूल्यमा उपलब्ध हुने यी नयाँ स्मार्टफोनहरुको गुणस्तर र कार्यक्षमता भने प्रिमियम स्मार्टफोनकै हाराहारीको रहेको हुवावे मोबाइलका न्यूरोडका लागि आधिकारीक बिक्रेता टेलि टूका निर्देशक रोशन बिष्टले जानकारी दिए ।

हुवावेले ल्याएको नयाँ स्मार्टफोन वाई फाइभ सीमा ४.५ इन्चको भिभिड डिस्प्ले राखिएको छ । यसमा शक्तिशाली सुपर फाष्ट १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । हुवावे वाई फाइभ सी स्मार्टफोनमा १ जीबीको र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज उपलब्ध छ ।

त्यसैगरी यो फोनमा दुईवटा एलईडी फ्ल्याश सहितको ८ मेगापिक्सेलको क्यामरा तथा २ मेगापिक्सेलको क्यामरा राखिएको छ । दुई सिम सपोर्ट गर्ने यो फोनमा १,७३० एमएएच ब्याट्री राखिएको छ ।

हुवावेले बजारमा ल्याएको अर्को स्मार्टफोन हो वाई थ्री सी । यो स्मार्टफोनमा ४ इन्चको भिभिडि डिस्प्ले राखिएको छ भने सूपर फाष्ट १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । यो स्मार्टफोनमा ५१२ एमबीको र्याम तथा ४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

हुवावे वाई थ्री सी स्मार्टफोनमा दुई वटा एलईडी फ्ल्याशसहित ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । दुई सिम सर्पोट गर्ने यो स्मार्टफोनमा १,७३० एमएएचको ब्याट्री राखिएको छ ।

सस्तो मूल्यमा थ्रीजी सपोर्ट गर्ने यी स्मार्टफोनहरुको मूल्य क्रमश ९ हजार ९ सय ९९ रुपैंया तथा ७ हजार ९ सय ९९ रुपैंया तोकिएको कम्पनीले जनाएको छ ।
a

प्रकाशित : ४ श्रावण २०७२, सोमबार १०:१४