बुटवल पावर कम्पनीको मुनाफा १२ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुटवल पावर कम्पनीको मुनाफा १२ प्रतिशतले वृद्धि



काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (Butwal Power Company Limited) ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १२ दशमलव ८६ प्रतिशतले वृद्धि गरी ६४ करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको छ । कम्पनीले गत वर्ष सोहि अवधिमा ५७ करोड ५९ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २ अर्ब ३० करोड ५४ लाख रुपैयाँ पु¥याएको छ । कम्पनीको बिक्री ६८ करोड २१ लाख रुपैयाँ रहेको छ । जसको सञ्चालन आम्दानी १० दशमलव ५३ प्रतिशतले बढेर ६८ करोड २१ लाख रुपैयाँ रहेको छ भने सञ्चालन खर्च ९ दशमलव १२ प्रतिशतले बढेर ३१ करोड १२ लाख रुपैयाँ रहेको छ ।

बुटवल पावरको प्रतिशेयर आम्दानी ३५ दशमलव ८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव २९ गुणा, प्रतिशेयर नेटवर्थ २ सय २७ दशमलव ३३ रुपैयाँ रहेको छ ।

प्रकाशित : २९ श्रावण २०७४, आईतवार १०:५०