जनता बैंकको नाफा ३९२ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकको नाफा ३९२ प्रतिशतले बढ्यो



काठमाडौं । जनता बैंकको नाफा ३९२ प्रतिशतले बढेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई अक्वायर र त्रिवेणी डेभलपमेन्ट बैंकसँग मर्ज भएसँगै बैंकको नाफा ६४ करोड पुगेको हो । गत आवको सोही अवधीमा बैंकले जम्मा १३ करोड मात्रै नाफा कमाएको थियो ।

जनता बैंकले २ अर्ब ८४ करोड ब्याज आम्दानी गरेको देखिन्छ भने ब्याज खर्च १ अर्ब ६९ करोड गरेको छ । बैंकले ४८ अर्ब निक्षेप संकलन गरेर ४५ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २ दशमलब शुन्य ९ प्रतिशत रहेको छ ।

९ रुपैंयाँ १८ पैसा प्रति सेयर आम्दानी गरेको बैंकको प्रति सेयर नेटवर्थ भने १२६ रुपैंयाँ शुन्य ५ पैसा रहेको छ । ६ अर्ब ९९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । बैंकले बोनसबाट सेयर पुँजी ८ अर्ब पुर्याउन न्युनतम १२५ करोड नाफा कमाउनुपर्ने थियो तर त्यो लक्ष्य भने हासिल गर्न सकेको देखिन्न ।

गत वर्षको नाफाबाट बोनस सेयर वितरण गरी ८ अर्ब पुँजी पुर्याउने बैंकको योजना सफल हुन सकेन ।

प्रकाशित : २९ श्रावण २०७४, आईतवार ११:०९