पोखरा फाइनान्सले एफपीओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पोखरा फाइनान्सले एफपीओ जारी गर्ने



काठमाडौं। पोखरा फाइनान्स Pokhara Finance Ltd. ले साधारण शेयर अर्थात एफपीओ जारी गर्ने भएको छ । फाइनान्सले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ । फाइनान्सले १ सय रुपैयाँ अंकित मुल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० रुपैयाँ प्रति कित्तामा एफपिओ जारी गरेको हो ।

पोखरा फाइनान्सको एफपिओमा लगानीकर्ताले साउन २९ गतेदेखि छिटोमा भदौ १ र ढिलोमा भदौ ११ सम्म आवेदन दिनसक्ने फाइनान्सले जानकारी दिएको छ । शेयरमा न्यूनतम १० कित्ता र बढीमा ४ हजार ९ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

हाल ५५ करोड ७४ लाख २० हजार २ सय ९२ रुपैयाँ चुक्ता पूँजी भएको पोखरा फाइनान्सले आफ्नो पूँजी बढाउन ९ करोड ८३ लाख ६८ हजार २ सय रुपैयाँ एफपीओ जारी गरी कुल चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार ४ सय ५२ रुपैयाँ पुग्नेछ ।

पोखरा फाइनान्सको संस्थापक शेयर ५१ प्रतिशत रहेको छ भने सर्बसाधारण शेयरधनीहरुको (कर्मचारीहरु समेत) ४९ प्रतिशत गरी कुल १ सय प्रतिशत रहेको छ ।

प्रकाशित : २९ श्रावण २०७४, आईतवार ११:१४