हिमालयन बैंकको मुनाफा १२ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन बैंकको मुनाफा १२ प्रतिशतले वृद्धि



काठमाडौं। हिमालयन बैंकले आर्थिक वर्ष २०७३।७४ को चौथो त्रैमासमा २ अर्ब १७ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्ष यही अवधिको तुलनामा १२।४३५ ले खुद नाफा वृद्धि गरेको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ९३ करोड ५९ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा ९।०८५ ले मात्र वृद्धि भएको छ । हिमालयनले ३ अर्ब ७६ करोड ३४ लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ८१ करोड ७३ लाख २७ हजार रुपैयाँ छुट्याएको छ । यो त्रैमासमा हिमालयनले ९२ अर्ब ८८ करोड ११ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी पनि ७७ अर्ब ६५ करोड ४९ लाख ७४ हजार रुपैयाँ पुगको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ६।३४५ र कर्जा लगानी १४।६३५ ले वृद्धि भएको हो ।

हिमालयन बैंकले अघिल्लो वर्ष १।२३५ रहेको खराब कर्जालाई कम गरेर ०।८७५ मा सीमित राखेको छ । यसैगरी, कर्जा निक्षेप अनुपात ७९।०७५ छ । बैंकको कस्ट अफ फन्ड बढेको छ । अघिल्लो वर्ष २।२७५ रहेको कस्ट अफ फन्ड यो त्रैमासमा ३।९९५ पुगेको छ । बैंकको इक्विटीमा प्रतिफल पनि २४।२०५ बाट घटेर २१।२४५ मा आएको छ । हिमालयनले चुक्ता पुँजी १०।९८५ ले वृद्धि गरी ६ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकको चुक्ता पुँजी ५ अर्ब ८४ करोड ८८ लाख ८९ हजार रुपैयाँ थियो । बैंकले रिजर्भ कोषमा ७७।२९५ वृद्धि गरी ५ अर्ब २७ करोड ४४ लाख ६१ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ । हिमालयनको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ २५ पैसा छ ।

प्रकाशित : २९ श्रावण २०७४, आईतवार ११:४६