महरालाई सुष्मा स्वराजले के भनिन फोनमा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महरालाई सुष्मा स्वराजले के भनिन फोनमा ?



काठमाडाैं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाललाई सक्दो सहयोग गर्ने बताएकी छिन् । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आइतबार टेलिफोनवार्तामा स्वराजले यस्तो बताएकी हुन् ।

‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग टेलिफोनमा नेपाल–भारत सीमा क्षेत्रको बाढीसँग सम्बन्धित समस्याका बारेमा छलफल गर्नुभएको छ, नेपाललाई सक्दो सहयोग गर्ने वचन दिनुभएको छ,’ नेपालस्थित भारतीय दूतावासले ट्विटरमार्फत जानकारी दिएको छ । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे ।

New Delhi: Union External Affairs Minister Sushma Swaraj during a programme organised on the culmination of Indio-Nepal Car Rally at India Gate in New Delhi, on March 8, 2015. (Photo: Sunil Majumdar/IANS)

कोसी ब्यारेजको ढोका खोल्न महराले शनिबार भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई आग्रह गरेको भोलिपल्ट भारतीय विदेशमन्त्रीले टेलिफोन गरेकी हुन् । दूतावासले कोसी, गण्डकी र राप्ती बाँधका भारततर्फका सबै ढोका खुला रहेको जिकिर गरेको छ । दूतावासले बाढीका विषयमा बिहार र उत्तरप्रदेशका अधिकारीसँग सम्पर्कमा रहेर काम गरिरहेको जनाएकोे छ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार १०:१०