नेपाल लाइफले कमायो ४१ करोड नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल लाइफले कमायो ४१ करोड नाफा



काठमाडौं । जीवन बीमा कम्पनीमा सबैभन्दा बढी चुक्ता पुँजी भएको नेपाल बैंकले ४१ करोड ६५ रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो वर्ष अपरिस्कृत विवरण अनुसार २४ करोड नाफा थियो । बीमांकीय मुल्यांकनपछि नेपाल लाइफको नाफा ९० करोड पुगेको थियो ।

कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार नेपाल लाइफले गतवर्ष १२ २१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । नेपाल लाइफले अहिलेसम्म ५२ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा रहेको छ । नेपाल लाइफको बीमा कोष ४० अर्ब पुगेको छ । यस्तै प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिकवर्षमा १५ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

अघिल्लो वर्ष प्राइमको नाफा ११ करोड थियो । प्राइमको प्रति सेयर आम्दानी ३२ रुपैयाँ रहेको छ । प्राइम लाइफले गतवर्ष २ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसको कुल बीमा शुल्क आर्जन ११ अर्ब पुगेको छ । ४८ करोड चुक्ता पुँजी रहेको प्राइम लाइफले २५ प्रतिशत बोनस सेयरको घोषणा गरेको छ । प्राइमको जीवन बीमा कोषमा ४ अर्ब पुगेको छ ।

यस्तै एशियन लाइफ इन्स्योरेन्सले ४ अर्ब २१ करोड नाफा गरेको छ । अघिल्लो वर्ष एशियनको नाफा ३ करोड रहेको थियो ।

८० करोड चुक्ता पुँजी रहेको एशियनको प्रति सेयर आम्दानी ५ रुपैयाँ २३ पैसा रहेको छ । एशियनको जीवन बीमा कोष भने १० अर्बको रहेको छ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार १०:३१