हिमालय एअरलाईन्सको पर्व विशेष सौगात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालय एअरलाईन्सको पर्व विशेष सौगात



काठमाण्डौं । नेपालकोलागि इतिहासमै पहिलो पटक, हिमालय एरअलाईन्सले आनो यात्रु वर्गहरुलाई लक्षितगर्दै भाद्र १६,गते देखि दशैं तिहारको विशेष उपहारको रुपमा दमाम, साउदी अरबमा दैनिक सिधा उडान गर्ने घोषणा गरेको छ ।

नेपालीहरुको लागि साउदी अरब, वैदेशिक रोजगारको प्रमुख गन्तव्यहो, जहाँ वर्तमानमा करिब ५,००,००० नेपाली कुशल र अर्ध कुशल मजदूरहरु काम गरिरहेका छन् । हिमालय एअरलाईन्सले शुरु गरेको दैनिक सिधा उडान साउदीमा बस्ने नेपालीहरुको लागि आउँदै गरेको महान चाँड दशैं तथा दिपावलीमा घर आउनेहरुलाई उपहार सरह हुनेछ र दमाम, साउदी अरब र काठमाण्डौ बिच यात्रा गर्ने हजारांै नेपालीहरुलाई यात्राको सहजताका साथै समय र पैसा दुवैको वचत हुनेछ ।
दैनिक उडान संचालन गर्ने हिमालय एअरलाईन्सको विमान उडान नँम्बर H9559 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौँ बाट २२:३० (स्थानिय समय) मा प्रस्थान गरी किङ्गफाद अन्तराष्ट्रिय विमानस्थल दमाममा अर्कौ दिनको ००:५० (स्थानिय समय) माअवतरण गर्नेछ । त्यसैगरी उडान नँम्बर H9560 किङ्गफादअन्तराष्ट्रिय विमानस्थलदमाम बाट ०१:५० (स्थानिय समय) मा प्रस्थान गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौँमा ०९:१५ (स्थानिय समय०) माअवतरण हुनेछ ।
हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताएकि“हामी सधै हाम्रायात्रुहरुलाई सरल, सुलभ र सुविधाजनक हवाई सेवाप्रदान गर्न उत्सुक छौ । साउदी अरव यात्रा गर्दा सामना गर्नु परेका लामो लामो ट्रान्जिट र विभिन्न समस्याहरुलाई हाम्रो यो प्रत्यक्ष उडानले समाधानगर्ने छ भन्नेमा हामी विश्वत छौ । यो दैनिक सिधा उडान हामी आनो यात्रुहरुको लागि महान चाँड वडा दशैं तथा दिपावलीको उपहारको रुपमा पेश गर्न चाहन्छौं । आगामीदिनहरुमा नयाँनयाँ सीधागन्तव्यहरु थपिदै जाँदा, आना देशवासीहरुलाई सधैं छिटो, सहुलियत दरमान्यानो स्वागतका साथै हवाई सुविधा दिन तत्पर छौं ।
उक्त्त एअरलाईन्सले काठमाण्डौ -दमाम -काठमाण्डौको लागि शुरुवाती टिकटदर करबाहेक, रु. २३,८०० एकतर्फी र ने.रु ३८,००० (दुईतर्फी) कायम गरेको छ । त्यसै गरी दमाम -काठमाण्डौ -दमामको शुरुवाती टिकटदर करबाहेक, SAR ८५० एकतर्फी र SAR१,३६० (दुईतर्फी) कायम गरेको छ ।दुवै मार्गहरुमा बिजनेस क्लासको लागि ४० के. जी र इकोनोमीक्लासको लागि ३० के. जीब्यागेज अलाउन्स निःशुल्क गरिएको छ ।
हिमालय एअरलाईन्सले Asfar Travel and Tourism लाई साउदी अरबको लागिआधिकारिक विक्रेतातोकेको छ । उक्तट्राभल एजेन्सीले हिमालय एअरलाईन्सको प्रतिनिधित्व गर्दे बजार विस्तार, रिजर्भेसन र टिकटसेवा आदि सम्पूर्ण कार्यगर्ने छ ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलवार १७:००