राष्ट्रिय सहकारी संघद्वारा बाढी पीडितलाई २५ लाख प्रदान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय सहकारी संघद्वारा बाढी पीडितलाई २५ लाख प्रदान गर्ने



काठमाडाै । राष्ट्रिय सहकारी संघ लि. नेपालले बाढी पहिरो, कटान र डुवान पिडितहरुका लागि सहयोगार्थ २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । संघको मंगलबार बसेको कार्यकारीणी समितिको बैठकले संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने निर्णय गरेको हो ।

संघले यस अघि भूकम्प पिडितका लागि पनि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैया प्रदान गरेको थियो । संघले आफ्नो मातहतमा रहेको केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत देशभरि रहेको ३३ हजारभन्दा बढि प्रारम्भिक सहकारी सस्थाहरुलाई समेत सक्दो सहयोग उपलब्ध गराई दुखद् घडीमा हातेमालो गर्न आव्हान गरेको छ ।

संघले राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय बानेश्वरमा रहेको आफ्नो खाता नं. १३–०००२४–२९ र राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरको संघको दैवी प्रकोप उद्दार कोषको खाता नं. १४२००–३४३५१–१० मा रकम जम्मा गर्नका लागि सहकारी संघ÷संस्थालाई आव्हान गरेको छ ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलवार १७:४६