बैंकको पैसा २० बर्षसम्म नचलाएमा सरकारको हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंकको पैसा २० बर्षसम्म नचलाएमा सरकारको हुने



काठमाडौं । बैंक खातामा राखेको पैसा २० बर्षसम्म पनि नचलाएमा स्वत सरकारको हुने भएको छ । यस अघि १० बर्षसम्म कुनै पनि बैंकको खाता नचलाएमा १० बर्ष पछि सोको विवरण प्रत्येक आर्थिक बर्ष सकिएको १ महिना भित्र राष्ट्र बैंकमा पठाउनुपर्ने ब्यवस्था रहेकोमा अब २० बर्ष पछि स्वत सरकारको हुने भएको छ । एकिकृत निर्देशिका जारी गर्दै  राष्ट्र बैंकले २० बर्ष पछि पैसा स्वत सरकारको हुने ब्यवस्था गरेको छ । तर, सम्बन्धित बैंकले प्रत्येक बर्षमा सोको जानकारी राष्ट्रिय स्तरको पत्रपत्रिकाबाट दिनुका साथै आफ्नो वेब साइटमा राख्नुपर्ने छ ।

 

प्रकाशित : ३२ श्रावण २०७४, बुधबार १२:३१