भर्सटाइल गायिका वर्षाका ‘आकाशको तारा’ सार्वजनिक (भिडियोसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भर्सटाइल गायिका वर्षाका ‘आकाशको तारा’ सार्वजनिक (भिडियोसहित)



काठमाडौ । भर्सटाइल गायिका वर्षा कर्माचार्यले केही दिन अगाडी मात्र आफ्नै युट्युव च्यानल मार्फत ‘आकाशको तारा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । पछिल्लो समय चलचित्रमा निकै ब्यस्त रहेका संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा समावेश रहेको गीतलाई एरेञ्जपनि हरकुलिशले नै गरेका छन् ।

धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयंम गायिका वर्षासंगै शिव गुरुङ फिचरिङ छन् । यस म्युजिक भिडियोमा मेकअप र कारियोग्राफीपनि गायिका वर्षाले नै गरेकी छिन् । प्रकाश राईको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा गायिका वर्षाको गायनसंगै अभिनयपनि उत्कृष्ट रहेको छ ।

२ वर्ष अगाडी नेपाली गीतसंगीतलाई नियाल्दा युवा पुस्ताले रुचाएको एक गीत थियो ‘विस्तारै विस्तारै’ । यो गीतको सफल्तासंगै वर्षा कर्माचार्यको नामको अगाडी थपिएको उप–नाम थियो, सफल गायिका वर्षा कर्माचार्य । उनै गायिका कर्माचार्यले नयाँ गीतसहित म्युजिक भिडियो ‘आकाशको तारा’ सार्वजनिक गरेकी हुन् ।

हाल अमेरिकामा रहेकी गायिका वर्षा पहिलो गीतलाई जस्तै यो गीतलाई पनि दर्शकले मनपराउने आसामा रहेको बताइन् । वर्षाले भनिन,‘–म सधै आफ्नो गीतमा दर्शकलाई केही फरकपन दिन खोज्छु । यो गीतमापनि मैले दर्शकलाई नयाँपन दिन खोजेकी छु’, गायिका वर्षाले बताइन् ।
आकाशको तारा बोलको गीतका बारेमा कुरा गर्दै गायिका वर्षाले विदेशमा बसेर पनि नेपाल र नेपाली गीत,संगीतलाई धेरै माया गर्ने बताउँछिन् । उनी भन्छिन ‘नेपाली साङ्गीतिक क्षेत्रलाई सधै योगदान गर्दै, विश्वमा नेपाली गीतलाई माथि पुर्याउने सोच रहेको छ ।’

प्रकाशित : ३२ श्रावण २०७४, बुधबार १३:२५