कावेली विकास बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कावेली विकास बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं । कावेली विकास बैंक लिमिटेडले दुई बराबर एकको अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ ।

बैंकले सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ५० लाख ४८ हजार रुपैयाँ बराबरको तीन लाख ५० हजार आठ सय ८० कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

बैंकको हकप्रद शेयर साउन १९ गतेसम्म कायम शेयरधनीले भदौ १८ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले हकप्रद शेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस दिने निर्णय गरेको बैंकको हाल चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद बिक्री पश्चात बैंकको चुक्तापूँजी करिब दश करोड ५० लाख रुपैयाँँ पुग्नेछ ।

प्रकाशित : १ भाद्र २०७४, बिहीबार १३:२८