सुनसरीका बाढीपीडितलाई आईएमई फाउन्डेसनद्वारा राहत वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनसरीका बाढीपीडितलाई आईएमई फाउन्डेसनद्वारा राहत वितरण



इटहरी । अविरल वर्षाका कारण आएको बाढीले विस्थापित इटहरी नगरपालिकाका बाढीपीडितलाई आईएमई फाउन्डेसनले राहत वितरण गरेको छ ।

नगरका १ हजार भन्दा बढी बाढीपीडितलाई फाउन्डेसनले राहत उपलब्ध गराएको हो । आईएमई फाउन्डेसनले इटहरी उपमहानगरपालिका ३,१०,१४ नम्बर वडाका २०० परिवारका एक हजार जनालाई राहत उपलब्ध गराएको छ । संस्थाले बाढीपीडितलाई दैनिक जिवनमा प्रयोग हुने खाद्यान्न-लत्ताकपडा लगाएतका सामग्रीहरु प्रदान गरेको रोसन रखालले जानकारी दिए ।

आईएई फाउन्डेसन केन्द्रीय कार्यालयबाट तोकिएका प्रतिनिधिहरु क्रमस: माधब कटुवाल, रोसन रखाल, सुबाश सुबेदीले उक्त सामाग्री इटहरी उपमहानगर पालिकाको रोहबरमा बाढीपीडितलाई हस्तान्तरण गरेका थिए ।

आईएमई फाउन्डेसनले सुनसरी संगै सिराहा,सप्तरी र झापाका बाढीपिडित हरुलाई समेत राहत वितरण गरेको छ ।

 

 

 

 

प्रकाशित : १ भाद्र २०७४, बिहीबार २०:३७