एभरेष्ट बैंकको मुनाफमा १४ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट बैंकको मुनाफमा १४ प्रतिशतले वृद्धि



काठमाडौं। एभरेष्ट बैंककको पूँजी २४ प्रतिशतले बढ्दा नाफामा भने १४ प्रतशतले मात्र बृद्धि भएको छ। जसले गर्दा बैंकको प्रति शेयर आम्दानी घटेको छ। अघिल्लो आर्थिक बर्षमा ६५ रुपैयाँ रहेको बैंकको प्रति शेयर आम्दानी यसपाली ४३ रुपैयाँ मात्र छ।
एभरेष्ट बैंकले गत आर्थिक बर्षमा एक अर्ब ९८ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो ‍आर्थिक बर्षमा एक अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकले गत आर्थिक बर्षमा तीन अर्ब ७३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने अघिल्लो आर्थिक बर्षमा तीन अर्ब २२ करोड रुपैयाँ रहेको थियो।
बैंकले गत आर्थिक बर्षमा ९५ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरि ७८ अर्ब २८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले एक आर्थिक बर्षमा ४ अर्ब ६० करोड रुपैयाँको चुक्ता पूँजी बढाएर ५ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ। बैंकको जगेडा कोषमा ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ।
गत आर्थिक बर्षमा बैंकको पूँजी कोष अनुपात बढेको छ। बैंकको एक आर्थिक बर्षमा २.१९ प्रतिशत बिन्दुले बढेर १४.८५ प्रतिशत पुगेको हो। बैंकको खराब कर्जा ०.३८ प्रतिशतबाट बढेर ०.५१ प्रतिशत पुगेको छ।

प्रकाशित : २ भाद्र २०७४, शुक्रबार ११:२५