लाइसेन्स लिनु छ ? अब ट्रायलमा आफ्नै सवारीले परीक्षा दिन पाइन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

लाइसेन्स लिनु छ ? अब ट्रायलमा आफ्नै सवारीले परीक्षा दिन पाइन्छ



काठमाडौं । काठमाडौंका दीपक पराजुलीले सवारीसाधन चलाउनका लागि अनुमति पत्र लिन कानुन् बमोजिम बाहेक कुनै पनि शुल्क तिर्नु नपरोस् भनेर सर्वोच्च अखालतमा रीट निवेदन दायर गरे ।

सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिँदै भन्यो, ‘नियमावलीमा भएको ५ सय रुपैयाँदेखि कुनै पनि रकम नलिनू । यसैगरी, सर्वोच्चले अब परीक्षार्थीले आफ्नै सवारीसाधनले प्रयोगात्मक परीक्षा दिन पाउने गरी बाटो खोलिदिएको छ ।

शुक्रबार मात्र सर्वोच्चले एक कम्पनीले उपलब्ध गराएको सवारीसाधनले मात्र प्रयोगात्मक परीक्षा दिन पाउने गरी गरिएको व्यवस्थालार्य अन्तरिम आदेशबाट कार्यान्वयन नगर्न भनेको छ । यसबाट अब सवारीचालक अनुमतिपत्र लिन चाहने जोसुकैले पनि आफ्नै सवारीसाधनबाट प्रयोगात्मक परीक्षा दिन पाउने भएका छन् । आर्थिक अभियानमा समाचार छ ।

प्रकाशित : ४ भाद्र २०७४, आईतवार ११:२६