यस कारण परे ७ ब्रोकर कम्पनी निलम्बनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

यस कारण परे ७ ब्रोकर कम्पनी निलम्बनमा



काठमाडौं ।नेपाल धितोपत्र बोर्डले सोमबार एकैसाथ ७ वटा ब्रोकर कम्पनीलाई निलम्बन गरेको छ । बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले  ७ वटै ब्रोकर कम्पनीलाई अर्को व्यवस्था नभएसम्म सेयर कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो । बोर्डको कारवाहीमा पर्नेमा अग्रवाल सेक्युरिटिज (ब्रोकर नम्बर ६), आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज प्रालि (८), भृकुटी स्टक ब्रोकिङ कम्पनी (५५), क्रियटिभ सेक्युरिटिज (४०), डाइनामिक मनि म्यानेजर सेक्युरिटिज (४४), श्रीकृष्ण सेक्युरिटिज (२८) र साउथ एसियन बुल्स प्रालि (ब्रोकर नम्बर ४३) रहेका छन् ।
धितोपत्र बोर्डलाई वार्षिक तिर्नुपर्ने ब्रोकर लिने कुल सेवा शुल्कमध्येबाट ०.६% नियमन शुल्क नतिरेकाले यी कम्पनीहरु निलम्बनमा परेका हुन् । धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार धितोपत्र दलाल व्यवसायी नियमावलीमा प्रत्येक ब्रोकर कम्पनीले आर्थिक वर्ष समाप्त भएको १ महिनाभित्र धितोपत्र बोर्डलाई कुल कमिसनमध्येबाट ०.६ प्रतिशत नियमन शुल्क तिर्नुपर्ने प्रावधान पालना नभएकाले निलम्बन गरिएको हो । ‘अब अर्को निर्णय नभएसम्म यी कम्पनीहरुले सेयर कारोबार गर्न पाउनेछैनन्,’  । निलम्बन फुकुवा नभएसम्म लगानीकर्ताले यी ब्रोकर कम्पनीहरुबाट सेयर खरिदबिक्री गर्न पाउनेछैनन् ।

प्रकाशित : ५ भाद्र २०७४, सोमबार १२:४२