सुबिसु क्यान कमटेक २०१७ ,भदौ २९ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुबिसु क्यान कमटेक २०१७ ,भदौ २९ देखि



काठमाडौं। क्यान महासंघले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा जानकारी दिन भदौ २९ गतेदेखि असोज १ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुबिसु क्यान कमटेक २०१७ (इन्फरमेसन, कम्युनिकेसन र टेक्नोलोजी) प्रदर्शनी आयोजना गर्न भएको छ ।

सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट यस क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तत्र्रिmया तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्दै क्यान महासंघले विगत २४ वर्षदेखि प्रदर्शनी र सम्मेलनहरु गर्दै आएको छ ।

प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्,विद्युतीय सुरक्षा तथा सावधानीका उपाय र हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, आई सीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरुको सहभागिता रहने जनाइएको छ । प्रदर्शनीहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहने भएकाले सर्वसाधारणहरुले सबै किसिमका जानकारी तथा खरिद गर्न सकिने छ । विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एन्ड सोलुसन्स् र ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजी सम्बन्धी कम्पनीहरुले भाग लिने छन् ।

सुबिसु क्यान कमटेक २०१७ मा ८७ वटा स्टल रहने छन् । हालसम्म ८० प्रतिशत स्टल बुक भइसकेको क्यानले जनाएको छ । त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिएका छौं । जसअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सेवामा हाई स्पिड इन्टरनेट विशेष सहुलियतसहित प्रमुख आकर्षण बन्ने क्यानले जनाएको छ ।मेलामा दुई लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ

प्रकाशित : ७ भाद्र २०७४, बुधबार १३:३७