एनएमबि बैंकको तीजमा छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि बैंकको तीजमा छुट



काठमाडौं। एनएमबि बैंकले हिन्दू महिलाको विषेश पर्व तीजको अवसरमा लकर सुविधामा विशेष छुट योजना ल्याएको छ । बैंकले लकर सुविधा लिँदा ५० प्रतिशतको विशेष छुट प्रदान गर्ने भएको छ ।

त्यस्तै बैंकले देशभरका बिभिन्न शाखाहरुमा शुभकामना आदान—प्रदान सहितको विशेष कार्यक्रमको आयोजना गरेको जनाएको छ । एनएमबि बैंकले नाफालाई मात्र केन्द्र नबनाएर स्थानीयहरुको सहकार्यमा मूल्य र मान्यतामा आधारित बैंकिङ गरेको बैंकको भनाइ छ ।

प्रकाशित : ७ भाद्र २०७४, बुधबार १३:४९