अपनाउनु यी तरिका, शेयर बजारले तपाईलाई बनाउछ मालामाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

अपनाउनु यी तरिका, शेयर बजारले तपाईलाई बनाउछ मालामाल



सम्पतीको सृजना गर्न लगानी जरुरी छ । प्रश्न यो उठ्छ की लगानी के गरि कहाँ गर्ने । तर जानकारहरुको भनाइ मान्ने हो भने अज्ञानता नै लगानीको बाधक हो । बिशेष गरि अाम मानिसहरु लहलइमा मात्रै लगानी गर्छन । तपाईले कुनै पनि सामान खरिद गर्दा त्यसको मुल्य उत्पादन र त्यस्तै समानको बारेमा राय लिएर मात्रै किन्नु हुन्छ । तर लगानीको कुरा अाउदा तपाईले बिना सोध अनुशन्धान र त्यसको वित्तिय अवस्था र पृष्ठ भुमीको बारेमा जानकार नै नभइ पैसा हाली हाल्छाै । त्यसैले निम्न बाधाका बारेमा तपाई जानकार हुनु अावश्यक छ ।

नोक्सानको डर
नोकसानको डर नै स्वास्थ्य लगानीको सबै भन्दा ठूलो बाधा हो । लगानी लाभको भन्दा नोक्सानमा बढी प्रतिक्रया जाहेर गरेका हुन्छन । सबै भन्दा बढी लगानीकर्ता अाफ्नो लगानी सुनिश्चित अाय भएकोमा गरेका हुन्छन । उनिहरुलाई पुवानुमानित मुनाफा अाउछ । नोक्सानको भय शेयर बजाको लागानीको अगाडी सबै भन्दा ठूलो बाधा हो । त्यसैले लामो समय सम्म नियमित तरिकाले लगानी गर्नु उतम हो ।
गलत सुचनाबाट जोगिनुस
लगानी गर्नु हुन्छ तर राम्रो प्रतिफल अाउनु सक्दैन भने त्यो गतल सुचनाको कारण पनि हो । त्यसैले तपाइलाई अाउने जानकारी सहि तरिकाले बुझेर मात्रै लगानीको लागि तयार हुनुहोस ।

तथ्यलाई मान्नुस

बजारको संकेत तथ्य र जानकारीलाई कहिले पनि उपेक्षा नगर्नुस । बजारमा अाएका कति पय कुराहरुले तपाईलाई के गर्ने वा नगर्ने मा पुर्याएको हुन सक्छ त्यसैले बजारबाट अाएका सहि तथ्यलाई केलाएर विशेषज्ञको जानकारी लिएर मात्रै काम गर्नुस । तर उनिहरुले दिएको सुझावलाई जाच्ने काम गरेर मात्रै लगानीको लागि तयार हुनुहोस । र तपाई धेरै बर्ष देखि नोक्सानमा रहेको शेयरमा अल्झेर नबस्नुहोस यसले तपाईको समय र भविष्य दुबै बर्बाद पारिरहेको हुन्छ ।

विविधीकरण जरुरी

लगानीमा जहिले पनि विविधकरणको अावश्यकता हुन्छ । विविध क्षेत्रमा गरेको लगानीले तपाईलाई कुनै न कुनै अाधारबाट राम्रो प्रतिफल दिन्छ । शेयर बजार जुवाको घर पनि भनिन्छ । यस कारणले गर्दा धेरै लगानी कर्ताहरु यस क्षेत्रमा अाउन नै चहादैनन् । साना लगानीकर्ताहरु शेयर बजार बढेको बेला मात्रै लगानी गर्न हाैसिन्छन । यस कारण उनिहरु सधै घाटाको शिकारमा परेका हुन्छन । त्यसैले लगानी लामो समय सम्म राम्रो गुणवाला कम्पनीमा गर्न जरुरी छ ।

भावनामा जोडिनु बेठिक

कुनै मानिस बिशेष वर्ग र भावनात्म हिसाबले जोडन अाउछन । त्यस कारण लगानीको लागि भनेर भए भरको सम्पती नै लगानीमा लगाउछन । यही हिसाबले केही मानिस शेयर बजारका लगानीकर्ता नि बनेका हुन्छन । तर भावनात्मक हिसाबले काम गर्दा उसंग एक वा दुइ शेयर भन्दा बढीमा लगाब नै हुदैन । यस कारण अाफनो भावना प्रति साबधान हुन अावश्यक छ ।

प्रकाशित : ७ भाद्र २०७४, बुधबार १५:०६