एनआइसी एसियाकाे साधारण सभा भदाै ३० गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआइसी एसियाकाे साधारण सभा भदाै ३० गते



काठमाडौं।  एनआईसी एशिया बैंकले २० अाैँ साधारणा  सभा बोलाएकाे छ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २०% बोनस सेयर दिने प्रस्तावसहित भदौ ३० गते साधारण सभा बोलाएको छ । बैँकले साधारण सभामा चुक्ता पुँजीको २० प्रतिशत (१ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय रुपैयाँ) बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत (७ करोड ४ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ) नगद लाभांश दिने विशेष प्रस्ताव लैजाने भएको छ । साथै, बैंकले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी, चुक्ता पुँजी र जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पेस गर्दैछ । साथै, सञ्चालकहरुको भत्ता, पारिश्रमिक र सुविधा वृद्धि गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ ।
बैंकको साधारण सभा कार्की व्यांक्वेट बबरमहलमा भदौ ३० गते बिहान ९ बजेदेखि सुरु हुनेछ । साधारण सभा गर्न बैंकले भदौ १६ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा भदौ १५ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । बोनस सुरक्षित गर्न भदौ १५ भित्र सेयर खरिद गरिसक्नुपर्ने हुन्छ ।

प्रकाशित : ९ भाद्र २०७४, शुक्रबार ११:४७