नेपाल इन्सुरेन्सले गर्ने भयो दुई आर्थिक वर्षको साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्सुरेन्सले गर्ने भयो दुई आर्थिक वर्षको साधारणसभा



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६७ र ६८ औं वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सभामा कम्पनीले ५% बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । बोनसमा लाग्ने कर तिर्न ७ लाख ५६ हजार ८६४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस हुने भएको छ । त्यस्तै कम्पनीले चुक्ता पुँजी बृद्धि गर्न बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीमा फेरि १००% हकप्रद सेयर निष्कासन गर्ने अर्को विशेष प्रस्ताप पनि साधारण सभामा पेश गर्दैछ । कम्पनीले संशोधित प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्नेलगायतका अधिकार सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश गर्दैछ । साधारणा सभा रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र कमलपोखरी काठमाडौंमा भदौ ३० गते बिहान  ११ बजे साधारण सभा हुनेछ ।
आर्थिक वर्ष २०७१/७२ वैशाखमा गएको भूकम्पका पीडितहरुलाई राहतस्वरुपः प्रधानमन्त्री दैवी प्रकोप कोषमा प्रदान गरिएको ५ लाख रुपैयाँलाई अनुमोदन गर्ने प्रस्ताव पनि पेश गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ को प्रतिवेदन र लेखापरिक्षण भएको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूसचीहरु उपर छलफल गरिने प्रस्ताव पनि पेश हुनेछ । साधारण सभा गर्न यस इन्सुरेन्सले भदौ १६ देखि ३० गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ ।

प्रकाशित : ९ भाद्र २०७४, शुक्रबार १५:०१