भदौं ३० मा हुने एनआईसीको साधारणसभा के छन् एजेन्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भदौं ३० मा हुने एनआईसीको साधारणसभा के छन् एजेन्डा ?



काठमाडौं । एनआईसी एशिया बैंकले भदौं ३० गते आफ्नो साधारणसभा गर्ने भएको छ । बैंकको उक्त साधारणसभामा सेयरधनीलाई २० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै एनआईसी एसिया आब २०७३/७४ को लागि सबैभन्दा अगाडि साधारणसभा बोलाउने पहिलो बैंक भएको छ ।

बैंकले गत आबमा निक्षेप संकलन र कर्जा प्रबाहमा सिन उच्च बृद्धि हासिल गरेको छ । सो अबधिमा बैंकले निक्षेपतर्फ २५ प्रतिशत र कर्जातर्फ २२ प्रतिशतको बृद्धि हासिल गरी समग्र बजार भन्दा उच्चस्तरको र उत्साहपूर्ण परिणाम हासिल बैंकले दाबी गरेको छ ।

यसैगरी समग्र वाणिज्य बैंकहरुको अघिल्लो बर्षको कुल निक्षेपमा एनआईसी एसियाको बैंकको ३ दशमलव ७९ प्रतिशतको बजार हिस्सालाई सुधार गर्दै गत आबमा आइपुग्दा ४ दशमलव १५ प्रतिशतको बजार हिस्सा ओगट्न बैंक सफल भएको छ । यसैगरी समग्र वाणिज्य बैंकहरुको कुल निक्षेप बृद्धिमा बैंकले ६ दशमलव ७ प्रतिशत हिस्सा ओगटेको छ । बैंकले आफ्ना बचतकर्ताहरुलाई बचत खातामा ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ ।

यसैगरी बैंकले हालै मात्र सेयर धितो कर्जा पबवाहलाई समेत निरन्तरता दिने निर्णय गरेको छ । बैंकले शाखा विस्तारको रफ्तारलाई गत बर्ष पनि निरन्तरता दिएको छ । जस अनुरुप बैंकगत गत आबमा हालसम्मकै सबैभन्दा बढी ५३ वटा शाखा विस्तार गरेको छ । हाल बैंकले १ सय २१ शाखा तथा ४ विस्तारित काउन्टर मार्फत् बैंकले विभिन्न बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।

प्रकाशित : १० भाद्र २०७४, शनिबार १४:०९