आईएमईको दशैं तिहार र छठ योजना सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

आईएमईको दशैं तिहार र छठ योजना सार्वजनिक



काठमाडौं । स्थापनादेखि नै चाडवाडलाई लक्षित गरी विभिन्न सेवाग्राहीमूखी प्रवद्र्धनात्मक क्रियाकलाप संचालन गर्दै आईरहेको आईएमईले यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ । भाद्र १२ गतेदेखि मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी हुन सक्ने आईएमईले जनाएको छ ।

योजना अन्तर्गत योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैँया बराबरको आईएमई पे क्यास, हरेक पन्ध्र÷पन्ध्र दिनमा १÷१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक छ÷छ हप्तामा १÷१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैँया नगद प्रदान गरिने कम्पनीको भनाइ छ । यस योजना अन्तर्गत अन्तर्राष्ट्रिय÷आन्तरिक कारोबारको हकमा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार प्रदान गरिने बताइएको छ ।

यस योजनामा आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नुहुनेछ । यद्यपी, आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ ।

जीवन बीमा प्राप्त गर्नुहुने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धारित नियम तथा शर्तहरु पालना गर्नुपर्नेछ । आईएमईका जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेका भौचर कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । नेपाल सरकारको नियमानुसार लाग्ने कर सेवाग्राहीले उपहार ग्रहण गर्नुपूर्व नै भुक्तान गर्नुपर्नेछ । योजनाको सर्वाधिकार यस कम्पनीमा निहित हुनेछ ।

विस्तृत जानकारीका लागि कम्पनीको आधिकारिक वेवसाइट, सामाजिक संजाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीय प्रतिनिधि, केन्द्रीय कार्यालय एव संचार माध्यममार्फत् सूचना सार्वजनिक गरिनेछ । आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : ११ भाद्र २०७४, आईतवार २१:३७