नविकरण शुल्क समयमै बुझाउन नेप्सेको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नविकरण शुल्क समयमै बुझाउन नेप्सेको आग्रह



काठमाडौं । नेप्सेले नेप्सेमा सूचिकरण भएका कम्पनीहरुलाई समयमै नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचिकरण नविकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाउन निर्देश गरेको छ ।

 सूचिकृत कम्पनीहरुले बार्षिक सूचिकरण नविकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाईसक्नु पर्ने व्यवस्था रहेको छ । समयभित्रै नविकरण नगराउने कम्पनीको शेयर कारोबार स्थगन गर्ने चेतावनि समेत दिएको छ ।

धितोपत्र कारोबार नियमावली अनुसार एक करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ सूचिकरण नविकरण शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

नेप्सेले सूचिकृत कम्पनीलाई नविकरण शुल्क ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्न समेत भनेको छ ।

 

 

 

प्रकाशित : १२ भाद्र २०७४, सोमबार १४:१७