९ दशमलव ४१ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

९ दशमलव ४१ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ९ दशमलव ४१ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका उतपादनमुलक र विकास बैँक समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १५९ कमपनीको १५ लाख ४२ हजार २ सय ८ कित्ता सेयरबाट ९० करोड ९३ लाख ५७ हजार १ सय रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ४५ दशमलव ३८ अंकले ओरालो लागेको छ। आज होटल समुह १८ दशमलव ०६ अंकले, बैँक समुह १३ दशमलव ४७ अंकले, फाइनान्स समुह ७ दशमलव ४२ अंकले, जलविधुत समुह ७ दशमलव २१ अंकले र अन्य समुह २ दशमलव ०३ अंकले ओरालो लागेको छ ।
आज उतपादानमुलक समुह र विकास बैँक समुह भने उकालो लागेको छ। आज उतपादनमुलक समुह २७ दशमलव ९५ अंकले र विकास बैँक समुह ६ दशमलव ८५ अंकले उकालो लागेको छ।

 

 

प्रकाशित : १२ भाद्र २०७४, सोमबार १५:२१