दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार



काठमाडौं। मोबाइल बजारको पर्यायका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको  योजना ल्याएको छ । भदौ २२ गते देखि गरिन लागेको यो मोबाइल मेलामा सबै मोबाइल कम्पनीको साथ पाएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए ।
सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । एलजीको एल–७ खरिद गर्दा अर्को एउटा मोबाइल सित्तैमा पाइने अफरका साथमा हुवावेको ट्याब किन्दा एक मोबाइल फ्रिमा पाइने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ ।
ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दशैंका बेला  दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि पाइने छन् । नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरीदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन तथा दैनिक रुपमा टिभी, मोबाइल र पावर बैंक लगायत क्यास ब्याक सहितका उपहार पाउने व्यवस्था गरिएको ताम्राकार मोबाइल बजारले जनाएको छ । ताम्राकार मोबाइल कम्प्लेक्समा प्रवेशसँगै लक्की ड्रमा समाबेश हुन पाइने र जसका लागि कुपन भर्नुपर्ने ब्यवस्थासमेत मिलाइने भएको छ ।
मोबाइलका पारखीहरुको मनमा बसेको नेपालको एक मात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार हुने गरेको छ । हरेक वर्ष जस्तो यो वर्ष पनि दशंैदेखि तिहारसम्म हरेक दिन लक्की ड्रमार्फत क्यास ब्याक र हरेक दिनको लक्की ड्रबाट मोबाइल, पावर बैंक लगायतका उपहार वितरण गरिने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ ।
मोबाइल मेला अबधीभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइलगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने छ ।

प्रकाशित : १२ भाद्र २०७४, सोमबार १९:३२