काठमाडौं। युनिलिभर नेपालको नाफा १५ करोड ६५ लाख रुपैयाँले घटेको छ। कम्पनीले लेखा परीक्षण भइसकेको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ९६ करोड ५२ लाख रुपैयाँ पुगेको जनाएको छ।

अन्य वित्तीय खर्चका कारण कम्पनीको नाफा घटेको हो। कम्पनीको सेयर पूँजी नौं करोड २१ लाख रुपैयाँ छ। रिजर्भसमेत गर्दा कम्पनीको कुल इक्विटी दुई अर्ब बढि छ।
कम्पनीको प्रति सेयर आम्दानी ३३१ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ २१ सय ५३ रुपैयाँ छ।
Comment