यी हुन बुधबारको सेेयर बजारमा सर्बाधिक कमाउने र गुमाउने कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

यी हुन बुधबारको सेेयर बजारमा सर्बाधिक कमाउने र गुमाउने कम्पनी



काठमाडाै । साताको चौथो दिन बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज बुधबार नेप्से सूचक १४.५५ अंकले घटेर १५९८.३६ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५५ कम्पनीको शेयर खरिद बिक्रिबाट कुल ९७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपियाँको कारोबार भएको छ ।

आज छिमेक लघुबित्तको सबै भन्दा धेरै ६ करोड ५५ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा गुराँस लाइफ इन्स्योरेन्स संस्थापक शेयर, एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स , निर्धन उत्थान बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये उत्पादन र अन्य समुह बाहेकका सबै सूचक घटेका छन् । आज प्राइम कमर्शियल बैंकका संस्थापक शेयरका लगानीकर्ता धेरै कमाएका छन् भने सिद्दार्थ इक्विटी ओरियन्टेड स्किमका लगानीकर्ताले धेरै गुमाएका छन् ।

कमाउने

गुमाउने

प्रकाशित : १४ भाद्र २०७४, बुधबार १६:३१