समिट माईक्रोफाइनान्सको शतप्रतिशत हकप्रद भदौ २९ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समिट माईक्रोफाइनान्सको शतप्रतिशत हकप्रद भदौ २९ गतेदेखि



काठमाडौं। समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ७ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको छ। बैंकले भदौ ८ गते सम्म कायम भएका शेयरधनीहरुका लागि एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
बैंककले हक्रप्रद शेयरको निष्कासन तथा बिक्री भदौ २९ देखि कार्तिक १ गतेसम्म खुल्ला गरेको बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
बैंकको हकप्रद आवेदनको लागि सानिमा क्यापिटल नक्साल, माइक्रोफाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु, सानिमा बैंकका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, नाराणघाट, विरगञ्ज र जनकपुरबाट आवेदन दिन सकिन्छ।
संस्थाको कार्यक्षेत्र १० जिल्लमा रहेको छ। हकप्रद शेयर निष्कासन गरे सँगै बैंकको चुक्ता पूँजी १५ करोड ५० लाख रुपैयाँ पुग्ने छ। बैंकले २०७७ मा २७ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याउने प्रक्षेपण गरेको छ।

प्रकाशित : १५ भाद्र २०७४, बिहीबार ११:३२