व्यवसाय सफल बनाउन चहानुहुन्छ ? यी स्टेप फलो गर्नुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

व्यवसाय सफल बनाउन चहानुहुन्छ ? यी स्टेप फलो गर्नुस



एउटा सानो व्यवसाय गर्नु र जीविका गर्ने समुदायमा योगदान गर्नु एक शानदार तरिका हो । कुनै व्यक्ती बिजनेशलाई राम्रो मान्दैनन भने कुनैले यसमा धेरै ध्यान दिएका हुन्छन । धेरै संग व्यापारको अाईडिया हुन्छ तर उनिहरु सानोबाटो शुरुअात गर्न चहान्छन ताकि उसलाई अाउने सानो सानो झन्झटको बारेमा पत्ता लागोस । वास्तवमा बिजनेस शुरु गर्न त्यती सजिलो छैन जति तपाई हामी सोच्छाै ।  सानो सानो व्यापार गर्दा तपाईले केही कुराहरु सुनिश्चित गर्नु पर्छ । यहाँ केही त्यस्ता बिषयहरुलाई राख्ने जमर्को गरेका छाैँ ।

बिजनेस प्लान लेख्नुस

कुनै पनि बिजनेस शुरु गर्दा त्यसको रणनिति तयार गर्नुस । तपाई काम कहा शुरु गर्दै हुनुहुन्छ ? कस्को सहायता लीन र कसरी मिसन पुरा गर्ने त्यो ध्यान दिनुस । यसको लागी समयको निर्धारण गर्न पनि जरुरी छ ।

बजेट

दोस्रो चरणमा तपाई बजेटमा ध्यान दिनुस । तपाईले निधार्ण गर्नु पर्छकि कति पैसा अाफ्नो बिजनेशमा लगाउन सक्नु हुन्छ । एउटा कुरा सधै ध्यान दिनुस कुल बचतको २० प्रतिशत हिस्सा अाफ्नो साथमा व्यक्तीगत जीविकाको लागि राख्नुस । यसबाट बिजनेसमा कुनै समस्या अाए यसबाट पनि सहयोग लिन सक्नु हुन्छ । सथै उच्च राजस्वको अनुमन लगाउनुस । कमसेकम प्रोफिटलाई शुरुअाती दिनको अाधार मानेर चल्नुस् ।

कानुनी दस्तावेज
कुनै पनि बिजनेश शुरु गर्दा त्यसका कानुनी सबै प्रकृयाहरु पुरा गर्नुस् । यसबाट पछि तपाईलाई पछि कुनै समस्या नअावोस । ट्याक्स र पुरा गर्नु पर्ने नियमित प्रकृयालाई बेलैमा चुस्त राख्नुस । शुरुअाती अवस्थामा पेपरवर्क गर्न निकै खर्चिलो हुन्छ । तर पछि यो काम निकै सहज हुन्छ । तपाइ एकल मालिक नै हुनुहुन्छ भने निकै सतर्क भएर काम गर्नु पर्ने हुन्छ ।

अलग व्यापार र व्यक्तिगत खर्च

अाफ्नै नीजी बचतलाई बिजनेसमा लगाउन सबै भन्दा राम्रो विकल्प हुन्छ किन भने तपाईले कतै बाट लोन लिएर काम सुरु गर्दा घाटा हुने र ब्याज पनि बढ्दै जाने संभावना हुन्छ । बचत चै लगाउनुस तर पुरै सम्पति चै नलगाउनुस ।

टेष्ट मार्केटिङ

तपाई बिजनेश गर्नु हुन्छ भने समान बजारमा पठाउने वा बजार जानु भन्दा अगाडी टेष्ट मार्केटिङ गर्नुस् । यसो गर्दा तपाईको खुबीको बारेमा अाफै जानकार हुन सक्नु हुन्छ र बजारलाई सोही हिसाबमा सुधार गरेर लैजान सक्नुहुन्छ । प्रोडक्टमा अाधारित बिजनेसमा यो चरणको खास अावश्यकता हुन्छ । एजेन्सी

प्रकाशित : १५ भाद्र २०७४, बिहीबार १२:२७