रुरल माइक्रोफाइनान्सको सेयर १०० रुपैयाँ भाउ घटाएर फेरि लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रुरल माइक्रोफाइनान्सको सेयर १०० रुपैयाँ भाउ घटाएर फेरि लिलामीमा



काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ८७ हजार ५६४।७४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । न्यूनतम मूल्य ४०१ रुपैयाँ राखिएकाले त्यसभन्दा बढी भाउ तोकेर बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिन पाइने अन्तिम म्याद भदौ २३ गतेसम्म तोकिएको छ । यसमा सर्वसाधारणले पनि आवेदन दिन पाउनेछन् । यसअघि रुरलले असार १२ देखि १९ गतेसम्म ५०१ रुपैयाँ मूल्य तोकेर सर्वसाधारणले समेत भर्न पाउने गरी लिलामीमा सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र एक हजार कित्तामात्र बिक्री भएपछि रुरलले बाँकी रहेको सेयरलाई १०० रुपैयाँ भाउ कम गरी पुनः लिलामीमा ल्याएको हो । त्यस्तै, रुरलले यसअघि जेठ १६ देखि ३३ गतेसम्म ८८ हजार ५६४।७४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको थियो ।
आवेदकले किन्न चाहेको सेयर संख्या तथा कबोल गरेको प्रतिकित्ता दरभाउ उल्लेख गरेर आवेदन फारम भर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र भदौ २५ गते अपरान्ह ४ बजे एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा खोलिनेछ । हाल रुरल माइक्रोफाइनान्सको चुक्ता पुँजी ६९ करोड २१ लख २० हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा रुरलले २१ करोड १३ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । रुरलको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५४ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ २९० रुपैयाँ ५ पैसा छ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहीबार १३:५५