लुम्बिनी बिकास बैंककाे नयाँशाखा कार्यालय विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लुम्बिनी बिकास बैंककाे नयाँशाखा कार्यालय विस्तार



काठमाडौं ।लुम्बिनी बिकास बैंक लिमिटेडले बहुसंख्यक जनता (ग्राहक) माझ बैंकिङ्ग सेवा पु¥याउने घोषित नीति अनुरुप भदाै१६  गते (शुक्रबार) देखी कास्की जिल्लाको पोखरा लेखनाथ म.न.पा., वडा नं. १६, लामाचौरमा, काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका, वडा नं. ६, नारायणटारमा तथा का.म.न.पा., वडा नं. ३४, कात्यायनीमा गरी ३ स्थानमा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ । उतm शाखा कार्यालयहरु मध्ये कात्यायनी शाखा, काठमाडौ र लामाचौर शाखा, पोखराको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष  सुशिल राज पराजुलीले तथा नारायणटार शाखा कार्यालयको उद्घाटन संचालक अशोक राज पाण्डेले गरेका थिए । त्यस क्षेत्रमा रहेका जनतामा सरल, सहज बैकिङ्गपहुचको उद्देश्यले उक्त शाखाहरुलाई सञ्चालनमा ल्याइएको हो ।

 विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Mobile Banking लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीयकार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल ५४ वटा शाखा सञ्जालहरु र १२ वटा ATM बाटआफ्नो बैकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार १४:४५