सानिमा बैंकले ल्यायो नयाँ कार्ड योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा बैंकले ल्यायो नयाँ कार्ड योजना



काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकको लागि मासिक तीन वटा निःशुल्क एटीएम कारोबारको नयाँ कार्ड योजना शुरुवात गरेको छ ।

यो योजनामा ग्राहकले सानिमाको भिसा डोमेस्टिक डेबिट कार्ड प्रयोग गर्दा नेपालभरि सानिमा सहित अन्य करिब ७३६ एटीएममा निःशुल्क कारोबार गर्न सक्नेछन् ।

यो योजनाअन्तर्गत करिब २० वटा बैंकका एटीएममा कारोबार निःशुल्क हुनेछ । ग्राहकहरुले यी बैंकका सुची सानिमा बैंकको वेव साइट तथा शाखाहरुबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

उक्त योजनाले ग्राहकलाई अझ बढी एटीम कारोबारको पहुच पु¥र्याउने बैंकको दाबी रहेको छ ।

 

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार १५:२८