आचार्यको नेतृत्वमा सेजनको नयाँ कार्यसमिति निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आचार्यको नेतृत्वमा सेजनको नयाँ कार्यसमिति निर्वाचित



काठमाडौँ ।  पुष्पराज आचार्यको नेतृत्व आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति चयन भएको छ। सेजनको १८ औं वार्षिक साधारणसभाले मोद ढकाललाई पराजित गर्दै आचार्य अध्यक्ष चुनिएका हुन्। आचार्यले ११८ मत पाएका थिए भने ढकालले १०६ मत पाए। त्यसैगरी उपाध्यक्षमा बिजमाण्डूका प्रभात भट्टराई १३७ मतका साथ विजयी भए। उनका निकट प्रतिस्पर्धी रामराजा श्रेष्ठले ८८ मत पाए।
महासचिवमा भीम गाैतम  १०६ मतका साथ विजयी भए। प्रतिस्पर्धीहरु जनार्दन बरालले ७० र अनुजराज ढुंगेलले ४९ मत पाए। सचिवमा सुजन अाेली १३० मत पाएर विजयी भए। निकट प्रतिस्पर्धी नवीन अर्यालले ९२ मत पाए।
काेषाध्यक्षमा भागवत भट्टराई १२३ मत पाएर विजयी भए। निकट प्रतिस्पर्धी सरस्वती ढकालले ९८ मत ल्याइन्। सदस्यहरुमा एलिजा उप्रेतीले १५७, सागर घिमिरेले १२८, कृष्ण रिजालले १०९, हिमाल पाैडेलले १४५ मत र शिव बाेहराले ९९ मत ल्याएर विजयी भए। सदस्यमा सुजन पन्तले ६५, लेखनाथ पाेखरेलले ९६, परमेश्वर अधिकारीले ९८ मत ल्याए।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार १६:०६