घिसिङ र घलेलाई विशेष सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

घिसिङ र घलेलाई विशेष सम्मान



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घले र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई विशेष सम्मान गरेको छ ।

शनिबार काठमाडौंको सोल्टी होटलमा आयोजित महासंघको १९ औं साधाारणसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई सम्मान गरेका हुन् । घलेलाई भूकम्प तथा बाढीपीडितको उद्धार तथा राहतमा विशेष भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो ।

त्यस्तै प्राधिकरणका निर्देशक घिसिङलाई लोडसेडिङ हटाएर देशलाई उज्यालोतर्फ डोर्‍याएको भन्दै सम्मान गरेको छ । सो अबसरमा प्रधानमन्त्रीले निर्माण ब्यवसायी महासंघकातर्फबाट परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउदलाई पनि सम्मान गरेका थिए ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार १६:२७