एभरेष्ट बैंकको साढे २ लाख कित्ता शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट बैंकको साढे २ लाख कित्ता शेयर लिलामीमा



काठमाडौं । एभरेष्ट बैंक लिमिटेड (Everest Bank Ltd)ले बिक्री नभएको हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले असार १८ गतेदेखि साउन २२ गतेसम्म तीन बराबरका एकको अनुपात अर्थात ३३ दशमलव ३३ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।

एक करोड ५० लाख ८८ हजार ८७ कित्ता शेयर निष्काशन गरेको बैंकले हकप्रदमा बिक्री नभएको दुई लाख ५३ हजार ७९७ कित्ता हकप्रद बिक्रीका लागि आइतबार बोलपत्र आब्हान गरेको हो ।

बोलकबोलमार्फत बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले भदौ २५ गतेदेखि असोज १ गते बोलपत्र पेश गर्न सक्नेछन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १८ भाद्र २०७४, आईतवार १३:०३