एनसीसी बैंकको साधारणसभाबाट ५० प्रतिशत हकप्रद प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनसीसी बैंकको साधारणसभाबाट ५० प्रतिशत हकप्रद प्रस्ताव पारित



काठमाडाै । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको साधारण सभाले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको १९ औ साधारणसभाले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत ५० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो ।

बैंकको असार २७ मा बसेको संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद दिने प्रस्ताब गरेको थियो । उक्त प्रस्ताब नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछी बैंकले ५० प्रतिशत हकप्रदका लागि पछी छुट्टै बुक क्लोजको मिति सार्वजनिक गर्नेछ।

साधारणसभाले बैंकले प्राप्ति गरेको इन्फ्रास्टक्चर, इन्टरनेश्ननल, एपेक्स र सुप्रिम डेभलपमेन्ट बैंकको आर्थिक बर्ष २०७२-७३ को वित्तीय विवरण पारित गरेको छ।

बैंकले गत आर्थिक बर्ष १ अर्ब ३२ करोड ५८ लाख खुद मुनाफा गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षको यस अवधिमा ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले २१ प्रतिशत बोनस सेयर र केहि प्रतिशत नगद लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको छ। ५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण र बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी सहजै ८ अर्ब पुग्नेछ।

प्रकाशित : १८ भाद्र २०७४, आईतवार १३:१४