एफएनसीसीआईको जिल्ला नगर उपाध्यक्षको निर्वाचन स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

एफएनसीसीआईको जिल्ला नगर उपाध्यक्षको निर्वाचन स्थगित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यही भदौं १९ गते हुने भनिएको जिल्ला तथा नगर उपाध्यक्षको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले तत्कालका लागि निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेसँगै भोली हुने भनिएको निर्वाचन स्थगित भएको हो ।

केही समय अघि महासंघका तत्कालिन जिल्ला नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले हालको कार्यसमितिले आफुलाई हटाएसँगै त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट माथी सुनुवाई गर्दै न्यायधिश चोलेन्द्र शम्शेर राणाको एक इजालसले तत्कालका लागि निर्वाचन स्थगित गर्न अन्तरिम आदेश दिएको हो ।

साथै श्रेष्ठलाई किन हटाइएको हो त्यसको कारण सहित १५ दिनभित्र उपस्थित हुन महासंघलाई आदेश दिएको छ । साथै सो विषयमा दुबै पक्षको सुनुवाई सकि निर्णयमा पुग्न यही भदौं २७ गतेका लागि पेशी तोकेको छ ।

प्रकाशित : १८ भाद्र २०७४, आईतवार १४:५३