नाडा अटो शोमा २६ सय सवारीसाधन बिक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नाडा अटो शोमा २६ सय सवारीसाधन बिक्री



काठमाडौं । यस पटकको नाडा अटो शोमा २ हजार ६ सयभन्दा बढी सवारीसाधन बिक्री भएका छन् । अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको नाडा अटो शो २०१७ मा १ हजार वटा चार पाङ्ग्रे तथा झण्डै १ हजार ६ सय वटा दुई पाङग्रे सवारी साधन बुकिङ भएको आयोजकले जानकारी दिएको छ । यही भदौं १३ गतेदेखि १८ गतेसम्म चलेको अटो शो मेलामा ६० हजारभन्दा बढी अवलोकनकर्ता आएका थिए ।

आयोजकले ५० हजार अवलोकनकर्ता आउने अपेक्षा गरेपनि सोभन्दा बढी आएका हुन् । कार्यक्रममा गोलाप्रथामार्फत टिकट नम्बर ०२४८४० ले डोरप्राइज अन्तरगत युएमको रेनेगेड मोटरसाइकल जितेका छन् । यसैगरी बेस्ट स्टलमा शरण एण्ड ईलेक्ट्रोनिक्सले पाएको छ । कमर्शियल भेहिकलमा आइएमई अटोमोबाइल्सको अशोक लेल्याण्डले बेस्ट स्टल अवार्ड प्राप्त गरेको छ । यसैगरी चार पाङ्ग्रे अन्तगरगतको बेस्ट अवार्ड फोर्डले पाएको छ भने दुई पाङग्रेमा बजाजले जितेको छ । मेलामा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेभी कमर्सियल सवारी साधनहरु प्रदर्शनीमा रहेका थिए ।

यस्तै विभिन्न कम्पनीले नयाँनयाँ सवारीसाधनहरु सार्वजनिक गरेका छन् । बैंकहरुले स्टलबाटै सहज रुपमा कर्जा उपलब्ध गराउने र डाउनपेमेन्ट पनि कम गर्नुपर्ने भएकाले सवारी बुकिङको चाप बढेको आयोजकले जानकारी दिएको छ । साथै मेलामा छुट अफर पनि भएकाले सवारी बिक्री बढेको हो । मेलामा फक्सवागन, डाटसन, टाटा, महिन्द्रा, सुजुकी, किया, रेनो, स्कोडालगायतका कम्पनीले नयाँ नयाँ मोडलका सार्वजनिक गरेका थिए ।

प्रकाशित : १९ भाद्र २०७४, सोमबार १२:२५