यस कारण धितोपत्र बोर्ड पुग्यो गुराँस लाइफ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस कारण धितोपत्र बोर्ड पुग्यो गुराँस लाइफ



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स (Gurans Life Insurance Company Ltd.) ले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्काशन अनुमति माग्न कम्पनी धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले २ः१ अनुपातमा १०० रुपैयाँ दरको २९ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । गुराँस (GLICL) ले यसअघि ८५ बोनस शेयर दिएको थियो । कम्पनीले बोनस सेयरसमेतलाई समेत जोडेर कायम हुने पुँजीबाट ५० प्रतिशत हकप्रद ल्याउन बोर्डसँग अनुमति मागेको हो ।

प्रकाशित : २१ भाद्र २०७४, बुधबार ११:०४