प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता शुरु



काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणको चुनाव हुने प्रदेश नम्बर २ का ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।

सकारले आगामी असोज २ गते नम्बर २ निर्वाचन गर्ने भएको छ । भने बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइकेको छ ।

आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदेश नम्बर दुईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय तहमा मनोनयन दर्ता हुनेछ ।

 

प्रकाशित : २१ भाद्र २०७४, बुधबार ११:१४