भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला बुधबारबाट सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला बुधबारबाट सुरु



काठमाडौं । दशैंको अबसरमा बुधबारबाट राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएकोे छ । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलाको आयोजना इभेन्ट सोलुसनले गरेको हो ।

मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाउनु सबै उपभोक्ताका लागि तथा स्टक सामान रहेका ब्यापारी दुबैका लागि राम्रो भएको बताए ।

भदौ २१ गतेदेखि२७ गते चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आवस्यक सामग्रीहरुको कारोबार भइरहेको छ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम एफिलियन्स र फिटनेसका स्टलहरु गरी १ सय भन्दा धेरै स्तलहरु रहेको जानकारी दिएको छ । साथै, यो मेला अवधिभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान कम्पनीले गरेको छ ।

संयोजक जोशीले दशैंका लागि आबस्यक पर्ने उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा पाइने बताए । उक्त सम्मे मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए । साथै, मेलामा इकमर्स पार्टनर बनेको सपर्भ डट कमले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।

प्रकाशित : २१ भाद्र २०७४, बुधबार १८:५२