नेपाल आइडल विवादः अदालतले माग्यो सक्कल फाइल (आदेशसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल आइडल विवादः अदालतले माग्यो सक्कल फाइल (आदेशसहित)



काठमाडौ  । काठमाडौं जिल्ला अदालतले नेपाल आइडल सञ्चालन गर्ने एपी वान टेलिभिनलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सक्कल फाइल लिएर अदालत उपस्थित हुन आदेश दिएको छ ।

नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै न्यायाधीश दिवाकार भट्टको एकल इजालशले भोट गणना गर्ने कार्य नगर्न समेत भनेको छ ।

नेपाल आइडलमा भोटिङ गणना एक पक्षीय रूपमा गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि अदालतले फाइल मागेको हो ।

उता एपी वान टेलिभिनले भने आइडल निरन्तर प्रशारण गरिने बताएको छ । अदालतमा मुद्धा परे पनि प्रशारणमा असर नपर्ने दाबी टेलिभिजनको रहेको छ । यद्यपी यो साता भोटको अपिल भने नगरिने बताइएको छ ।

 

प्रकाशित : २१ भाद्र २०७४, बुधबार १९:१८