दुई खर्ब रुपैयाँ बराबरको इनटरनेट खरिद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दुई खर्ब रुपैयाँ बराबरको इनटरनेट खरिद



काठमाडौं । नेपालले एक बर्षको अवधिमा कबिर दुइृ खर्ब रुपैयाँ बराबरको इनटरनेट खरिद गरेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९१ करोड ४० लाख रुपैयाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको हो । यो रकम विस २०७२ मा एक अर्ब ७४ करोड ७७ लाख रुपैयाँ थियो ।

विदेशबाट ब्यान्डविथ आयात गरेर नेपालका इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सुविधा उपलब्ध गराउँछन् ।

नेपालले अहिले भारतबाट मात्र इन्टरनेट खरिद गर्दैआएको छ । भारतीय करियर (ब्यान्डविथ प्रदायक) ले सिङ्गापुरबाट आयात गरिएको इन्टरनेट नेपाललाई बिक्री गर्छन् । यसअघि प्रतिएमबी ४० डलरमा इन्टरनेट ब्यान्डविथ खरिद हुँदै आएकोमा यसको मूल्य अहिले औसत १५ डलरमा घटेको प्राधिकरणले जनाएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकका लागि अहिले इन्टरनेट आम्दानीको महìवपूर्ण स्रोत बनेको छ ।

चीनबाट ल्याइने इन्टरनेटको छिटै परीक्षण
नेपाल टेलिकमले चीनबाट इन्टरनेट ब्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको जनाएको छ । यसबीच चीनतर्फको क्षेत्रमा विभिन्न कारणले फाइबर काटिने लगायतका समस्या रहे पनि अहिले दुवै देशको फाइबर जोडिसकिएको टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिनुभयो । ‘अब छिटै चीनबाट ल्याइएको इन्टरनेटको परीक्षण सुरु गर्छौं, उहाँले भन्नुभयो । सफल परीक्षणपछि मात्र टेलिकमले यसलाई व्यावसायिक रूपमा उपयोगमा ल्याउने योजना बनाएको छ । यो प्रक्रिया पूरा भएसँगै यसअघि भारतमा मात्र निर्भर इन्टरनेट ब्यान्डविथ आयात अन्त्य हुनेछ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहीबार ०९:०२