लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर प्रतिस्पर्धाबाट बिक्री हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर प्रतिस्पर्धाबाट बिक्री हुँदै



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर प्रतिस्पर्धाबाट बिक्री गर्ने भएको छ । बिक्री नभएर बाँकी रहेको ४२ हजार ८१५ कित्ता हकप्रद सेयर बिक्रीका लागि कम्पनीले बिहीबार बोलपत्र आब्हान गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ६ गते तोकेको कम्पनीले जनाएको छ ।
कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म हकप्रद बिक्री खुला गर्दा बिक्री नभएपछि बोलकबोलबाट बाँकी हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले चुक्तापूँजी बढाउन हकप्रद निश्कासन गरेको हो । चालु आर्थिक वर्षभित्र कम्पनीले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहीबार ०९:४३