गुरुप्रसाद न्यौपाने यसरी परे राष्ट्र बैंकको फन्दामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुरुप्रसाद न्यौपाने यसरी परे राष्ट्र बैंकको फन्दामा



काठमाडौं । नेपाल राष्ट्र बैंकले जनता बैंकमा रहेको गुरुप्रसाद न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको छ । न्यौपानेले आफु बैंकको सञ्चालक रहेका बेला श्रीमतीका नाममा सेयर बजारबाट सेयर खरिद गरेको फेला परेपछि न्यौपानेको सेयर जफत गर्न जनता बैंकलाई निर्देशन दिएको हो ।

न्यौपानेकी श्रीमति सुमित्रादेवी न्यौपानको स्वामित्वमा रहेको सर्व साधारण समुहको ५२ हजार ४ सय ७० कित्ता सेयर जफत गर्न राष्ट्र बैंकले भदौ ११ गते जनता बैंकलाई पत्र लेखेको हो । सो सेयर वापत आउने बोनस तथा हकप्रद सेयर समेत जफल गर्न केन्द्रिय बैंकले भनेको छ ।
न्यौपानेकी श्रीमतिका नाममा १२ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद वापत कुल ८५ हजार कित्ता सेयर रहेको छ । जनता बैंकको सेयरको बजार मूल्यका आधारमा न्यौपाने परिवारको २ करोड १२ लाख भन्दा बढि मूल्यको साधारण सेयर जफत हुन लागेको हो ।
यसरी जफत भएको सेयर स्वतः जनता बैंकको सम्पतिमा गणना हुनेछ ।

प्रकाशित : २३ भाद्र २०७४, शुक्रबार ०९:१६