छिमेक लघुवित्त विकास बैंकले कति दियो लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

छिमेक लघुवित्त विकास बैंकले कति दियो लाभांश ?



काठमाडौं । छिमेक लघुवित्त विकास बैंक (Chhimek Laghubitta Bikas Bank Limited) ले लगानीकर्तालाई ४५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १९ दशमलव ८९ प्रतिशत बोनस शेयर र २५ दशमलव ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको नेप्सेले जनाएको छ ।

छिमेक लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा ५७ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा २२ दशमलव ०३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ४७ करोड २६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

प्रकाशित : २३ भाद्र २०७४, शुक्रबार १२:२७