एनबीमा ज्ञानेन्द्र ढुङ्गानाको कार्यकाल थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनबीमा ज्ञानेन्द्र ढुङ्गानाको कार्यकाल थप



काठमाडौं। नेपाल बंगलादेश बैंक (एनबी) ले प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुङ्गानाको कार्यकाल थप गरेको छ। बैंक सञ्चालक समितिले चार बर्षेको अर्को एक कार्यकाल ढुङ्गानालाई सिइओमा निरन्तरता दिने निर्णय गरेको हो।

ढुङ्गाना नेपाल बैंकर्स संघका उपाध्यक्षसमेत हुन्। राष्ट्र बैंकका क्याडर ढुङ्गाना एनसिसी बैंक हुँदै एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत भएका हुन्। राष्ट्र बैंकलाई कन्फिडेन्समा राखेर उनले नै बैंकमा बंगालादेशीहरुको सेयर लगानी बढाएक हुन्।

वित्तीय क्षेत्रमा नकारात्मक रुपमा हेरिने एनबी समूहको सेयरलाई घटाएर बंगलादेशको सरकारी बैंकलाई एनबीको सेयर बिक्री गरिएको थियो। राष्ट्र बैंकबाट निर्देशक हुँदा उनले जागिर छाडेर बाणिज्य बैंकिङमा हात हालेका हुन्।

ढुङ्गानाले दुई बर्ष एनबी बैंकको प्रमुख कार्यकारी भएपछि अर्को चार बर्षका लागि कार्यकाल थपिएको थियो। त्यो कार्यकाल पनि सकिएपछि फेरि चार बर्षको समय थपिएको हो।

प्रकाशित : २५ भाद्र २०७४, आईतवार १४:०९