शेयर बजार हरियो हुँदा लगानीकर्तालाई राहत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शेयर बजार हरियो हुँदा लगानीकर्तालाई राहत



काठमाडाै । साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ३५ अंकले बढेको नेप्से आज हरियो हुँदा लगानीकर्तालाई केहि राहत मिलेको छ ।

आज नेप्से सूचक ३.६० अंकले बढेर १५२३.२६ को उचाईमा पुगेर बन्द भएको छ । आज कारोबारमा आएका १६० कम्पनीका १७ लाख १७ हजार १ सय ३९ कित्ता शेयर खरिद बिक्रिबाट ८४ करोड १३ लाख ३४ हजार ३ सय ८० रुपियाँको कारोबार भएको छ ।

आज नबिल बैंकको सबै भन्दा धेरै (संस्थापक शेयर सहित) १६ करोडको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, कुमारी बैंक संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये बैंकिंग, फाइनान्स र अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् ।आज एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ ।

प्रकाशित : २६ भाद्र २०७४, सोमबार १६:४३